न्यायपालिकाको पछिल्लो अवस्थाबाट सरकार चिन्तितः महान्यायाधिवक्ता खरेल
१ चैत, काठमाडौँ । महान्यायाधिवक्ता अग्नि खरेलले न्यायपालिकाको पछिल्लो अवस्थाबाट सरकार चिन्तित भएको बताएका छन । बिहीबार बिहान कामु प्रधानन्यायाधीश जोशीसँगको भेटमा महान्यायाधिवक्ता खरेलले न्यायपालिकाको पछिल्लो अवस्थाबाट सरकार चिन्तित बनेको बताएका हुन ।

सरकारका कानुनी सल्लाहकार खरेलले न्यायपालिकाभित्रको अव्यवस्था हटाई अदालतलाई सम्हालेर अघि बढ्न जोशीलाई सुझाव दिएका छन् । उनले सर्वोच्च अदालतको पछिल्लो घटनाक्रमबारे छलफल भएको र अदालतलाई विवादमुक्त बनाएर लैजान आग्रह गरेका छन ।
प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १५:२२