२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

२० पुस, काठमाडाैं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले ७ लाख ७० हजार ६४० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेकाे हाे  ।

प्रथम चरणमा कम्पनीले योग्य संस्थागत लगानीकका लागि आईपीओ जारी गर्ने अनुमति पाएको हो । यससँगै अब कम्पनीले सर्वासाधारणलाई निष्कासन गरिने कुल निष्कासनको ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्तालाई जारी गर्नेछ ।

कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँसम्म निर्धारण गरिएको छ । कम्पनीका संस्थागत लगानीकर्ताले प्रतिकित्ता ६०८ देखि ९१२ को मूल्य रेन्जमा रहि आईपीओका लागि आवेदन दिनुपर्नेछ । संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँड गरिएपछि सर्वसाधारणका लागि आईपीओ जारी गरिनेछ ।

स्थागत लगानीकर्ताले आवेदन दिएको मूल्यबाट कट अफ मूल्य निर्धारण गरिनेछ । सर्वसाधारणलाई यहि कट अफ मूल्यमा १० प्रतिशत छुट दिई आईपीओ निष्कासन गरिनेछ । कम्पनीको संस्थतागत आईपीओ निष्कासनको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति : 15:18