८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

दुई कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

२० पुस, काठमाडाैं। विभिन्न दुई कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । अरुण भ्याली र रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हाे ।

धितोपत्र बोर्डले अरुण भ्यालीलाई १: १ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ छ । कम्पनीले सोही पूँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ ।

यसैगरी, रिडी पावरले ५० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ : ०.५ अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर हकप्रद जारी गर्न अनुमति पाएको हाे । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ छ ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १३:१८