१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

यस्तो छ आज सुनचाँदीको मूल्य

२० पुस, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ । बिहीबार पनि सुनचाँदी सोही मूल्यमा किनेबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५४.५४ डलर र चाँदी प्रतिऔंस २३.०९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १२:१७