८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

तेह्रथुम पावरको साधारण सभा मिति परिवर्तन, अब कहिले बस्छ ?

२० पुस, काठमाडाैं । तेह्रथुम पावर कम्पनी लिमिटेडले अब माघ १३ गते साधारण सभा गर्ने भएको छ । यसअघि पुस २१ गते बोलाइएको साधारण सभा प्राविधिक कारणले सरेको कम्पनीले जनाएको छ ।

सभा वैभव पार्टी भेन्यू मैतिदेवि, काठमाडौंमा दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन ।  कम्पनीले चुक्ता पुँजीकाे १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९ /८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २८ गते बुक क्लोज गर्ने भएकाे छ । यसकाे अर्थ मंसिर २७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनी मात्र सभामा सहभागि हुन सक्नेछन् । कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण गर्न प्रयोग गर्ने जनाएको छ । हाल कम्पनीकाे चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीकाे चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १०:५३