१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

२० पुस, काठमाडौं । नेकपा एमालेकाे सचिवालय बैठक बस्ने भएकाे छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १२ बजे बैठक बस्ने बताइएको छ ।

बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषयमा छलफल हुनेछ । यस्तै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा समेत छलफल हुने बताइएकाे छ ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १०:२५