निर्मला पन्त बलात्कारपछी हत्याकाे अाशंकामा परिक्षण गरिएका थप ४ जनाको डिएनए रिपाेर्ट मिलेन
३० कात्तिक, कञ्चनपुर । निर्मला पन्त बलात्कारपछी हत्याकाे अाशंकामा परिक्षण गरिएकाे थप ४ जनाको डिएनए रिपाेर्ट पनि नेगेटिभ अाएकाे छ । कञ्चनपुरका डिएसपी कृष्ण ओझाले उनीहरुको डिएनए मेल नखाएको जानकारी गराए । निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यसँग यी ४ जनाको डिएनए नमिलेको उनले बताए।

यसअघि ५ जनाको डिएनए परीक्षण गरे पनि मेल खाएको थिएन। तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, दिलीपसिंह विष्ट र चक्र बडुको डिएनए परीक्षण नेगेटिभ देखिइसकेको छ।
साउन १० गते हराएकी निर्मला ११ गते घर नजिकै मृत फेला परेकी थिइन्। दोषी अझै पत्ता लाग्न सकेका छैनन्। छोरीको बलात्कारी र हत्यारा पत्ता लगाउन माग गर्दै निर्मलाका बाआमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअगाडि धर्ना बसिरहेका छन्।
प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार १२:११












