८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

अन्तिम कारोबारको दिन घट्यो सेयर बजार, ५ अर्ब ५८ करोडको कारोबार

१९ पुस, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७१ अकंले घटेर २०४९.२८ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।

नेप्सेका अनुसार पाँच कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । कालिका पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै, आज नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड, विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि आएको छ । यी कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १५:२२