४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष कमलकृष्ण कार्कीको निधन

३० कात्तिक, पाल्पा । पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष कमलकृष्ण कार्कीको निधन भएको छ । हृदयघातका कारण उनकाे बिहीबार बेलुकी निधन भएको हो । आफ्नै निवास तानसेनको धु्रबघाटमा रहेका बेला ४६ वर्षीय कार्कीलाई हृदयघात भएको परिवारले बताएको छ ।

होटल व्यवसायीसमेत रहेका कार्की गएको जेठ महिनामा मात्रै उपाध्यक्षमा निर्वाचित भएका थिए । उनकाे श्रीमती एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ०८:५२