२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

हिमालयन रि इन्स्योरेन्सको सेयर डिम्याट खातामा, एचआरएल सिम्बलबाट कारोबार हुने

१८ पुस, काठमाडाैं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ लगानीकर्ताको डिम्याट खातामा आएको छ । कम्पनीको सेयर मंगलबार  सेयरधनीकहरूकाे डिम्याट खातामा आएको हो ।

कम्पनीकाे सेयर खातामा आएसँगै अब नेप्सेमा सुचिकृत भएपछि सेयर कारोबार गर्न सकिने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रति सेयर नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने छ । आर्थिक वर्ष २०७८/७९ को वास्तविक विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ । कम्पनीको एचआरएल (HRL) सिम्बलबाट कारोबार हुने छ ।

प्रकाशित मिति : 10:38