४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नेपालमा धर्म परिवर्तन गराउँदै हिँड्ने दुई जापानी महिलालाई देश निकाला

३० कात्तिक, काठमाडौँ । गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाई धर्म परिबर्तन गराउँदै आएका थिए ।

गृहसचिव प्रेमकुमार राईको निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निष्कासन गरिएको हो । उनीहरु पर्यटक भिसामा बस्दै आएका थिए । उनीहरुको भिसाको बाँकी अवधि रद्ध गरिएको छ ।, आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ०८:१५