स्वरोजगार कोषमा सहकारीको रजाइँ, सहुलियत व्याजमा ऋण लिएर विपन्नसँग चर्काे व्याज असुली
३० कात्तिक, काठमाडाैँ । सहुलियत व्याजमा ऋण दिएर विपन्न तथा बेरोजगार युवालाई स्वदेशमै उद्यमशील बनाउने सरकारको योजनामा सहकारीहरु बिचौलिया मुनाफाखोर बनेको अाजकाे नयाँ पत्रिकाले लेखेको छ । स्वरोजगार कोषबाट ५ प्रतिशत व्याजमा रकम लिने सहकारीले विपन्न किसानबाट १३.५ प्रतिशतसम्म व्याज लिँदै आएका छन् ।

समाचार अनुसार व्याजमा ३ गुणा नाफा मात्र होइन, सेवा शुल्कबापत कुल रकमको तीन प्रतिशत पनि छुट्टै काटेर बलिया भएका सहकारीले किसानलाई झन् निर्धो बनाएका छन् । कोषकै पैसाको दुरुपयोग यतिमै सीमित छैन । कागजी अनुगमन गरेर रकम झ्वाम पार्नेदेखि जलवायु गोष्ठीसम्म सञ्चालन भएका छन् । ३ लाखलाई तालिम दिइएको बताइए पनि उनीहरु कहाँ छन् ? कोषलाई नै थाहा छैन ।
प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ०७:५८












