६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

रणवीर–दीपिकाकाे विहेको तस्बिर पहिलो पटक सार्वजनिक, हेर्नुहोस् तस्बिर


२९ कात्तिक, काठमाडौँ । रणवीर सिंह र दीपिका पादुकोणबीचको विहेको २ तस्बिर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सार्वजनिक भएको एउटा तस्बिर बुधबार कोँकणी संस्कार अनुसार भएको विहेको क्रमको हो । तस्बिरमा रणवीर परम्परागत पहिरनमा देखिएका छन् । दीपिका पनि गोल्डेन कलरको साडीमा देखिएकी छिन् ।


यस्तै अर्को तस्बिर बिहिबार सिन्धी परम्पराअनुसार भएको विहेको हो । जसमा दीपिका र रणवीर सब्यसाचीको डिजाइन रहेको रातो परम्परागत पोशाकमा देखिएका थिए । जसमा दुबैले विभिन्न बहूमूल्य गहना लगाएको देखिन्छ । दुबै तस्बिर व्यवसायिक फोटोग्राफरले खिचेका हुन् । किनकी दीपिका र रणवीर चाहन्थेकी पहिलो पटक सार्वजनिक हुने तस्बिर सम्झनालायक होस् ।

 

यो तस्बिर दीपिका र रणवीरले इन्स्ट्राग्राममार्फत सार्वजनिक गरेका हुन् । उनीहरुले तस्बिर शेयर गरेसँगै लाखौंले लाइकका साथै बधाईको कमेन्ट लेखेका छन् । इटालीको लेक कोमोमा बुधबार र बिहीबार उनीहरुको कोँकणी र सिन्धी परम्पराअनुसार विहे भएको हो ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार २३:०४