९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

आजसम्म कायम सेयरधनीले चार कम्पनीको लाभांस पाउने

१७ पुस, काठमाडाैं । विभिन्न चार कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जीवन विकास लघुवित्त, कालिका पावर, युनिभर्सल पावर र एचआइडीसीएलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी चार वटै कम्पनीले पुस १८ गते बुक क्लोजको मिति तय गरेका छन् । त्यसैले आज (पुस १७ गते मंगलबार) सम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनी मात्रै यी कम्पनीले घोषणा गरेको लाभांस प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुने सक्नेछन् ।

एचआईडिसिएलले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। सो लाभांश पारित गर्न कम्पनीले पुस २९ गते १२ औँ वार्षिक साधारण सभा बोलाएको छ।

युनिभर्सल पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आफ्नो कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बस्नेछ ।

कालिका पावर कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा दियालो फुडल्याण्ड चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै, जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सोही प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो केन्द्रिय कार्यालय, कटहरी, मोरङ्गमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ०९:३६