सिटिजन लाइफको लाभांस घोषणा, यस्ताे छ बोनस र नगद
१७ पुस, काठमाडाैं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ । कम्पनीको गत पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ०९:२४