२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

नयाँ बर्षको पहिलो कारोबारको दिन घट्यो सेयर बजार, ४ अर्ब ४८ करोडको कारोबार

१६ पुस, काठमाडौं । नयाँ बर्षको पहिलो कारोबारको दिन सेयर बजारमा गिरावट आएको छ। पहिलो कारोबार दिन नेप्से परिसूचक ८.७५ अंक घटेर २०६०.१५ विन्दुमा बन्द भएकाे।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ।  आज ३०६ स्टकको १ लाख २ हजार ९०५ पटक कारोबार हुँदा ४ अर्ब ४८ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार ५ कम्रपनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हाथवे इन्भेष्टमेन्ट र मुक्तिनाथ कृषि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 15:27