५ पुष २०८२, शनिबार | Sun Dec 21 2025

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकारकाे कार्यकक्षमा आगलागी

२९ कात्तिक, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलको सुरक्षा सल्लाहकारकाे कार्यकक्षमा आगलागी भएकाे छ । गृहमन्त्रालयस्थित बादलका  सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो ।

एसीको तार सर्ट भएर आगो लागेको राईले जानकारी दिए । अागलागी भएकाे सुरूमै थाहा पाउँदा तत्काल नियन्त्रणमा लिएकाे उनले बताए ।आगोलागीबाट कोठामा रहेका केही सामाग्री जलेर नष्ट भएको जनाइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १८:१८