६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

 म सबैकाे मुटुमा शासन गर्छुः नायिका खड्का


२९ कात्तिक, काठमाडाै । स्वेता खड्का भन्छिन् , म सबैकाे मुटुमा शासन गर्छु ।  नेपाली चलचित्रमा नाम चलेकी नायिका खड्का ‘कान्छी’ चलचित्र आफैले निर्माण गरेर बाहिरी ब्यानरको चलचित्रमा भने काम नगर्ने पक्का छ । स्वेताले तत्काल अर्को चलचित्र बनाउने संभावना पनि कम छ । यतिबेला माझी बस्ती निर्माणमा तल्लिन स्वेता खड्काको सामाजिक संजाल दैनिक रुपमा केही न केही कुराले भरिएको हुन्छ ।

स्वेताले सामाजिक संजाल फेसबुकमा राखेको एउटा स्टाटसले भने धेरै कुरा बोलेको देखिन्छ । उनले लेखेकी छिन्–‘शासन त म हरेक ठाउँमा गर्छु । मन पराउने मान्छेको मुटुमा, नपराउने मान्छेको दिमागमा ।’स्वेताको यो स्टाटसलाई विभिन्न कोणबाट पनि विश्लेषण गर्न सकिन्छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार १७:२३