१०.५५ प्रतिशत लाभांश पारित गर्दै नेपाल एसबीआई बैंकको साधारणसभा सम्पन्न
१५ पुस, काठमाडाैं। नेपाल एसबीआई बैंकको साधारणसभा सम्पन्न भएकाे छ । बैंकले गत आर्थिक वर्ष २०७९/ ०८० को प्रस्तावित लाभांश पारित गर्दै साधारणसभा सम्पन्न गरेकाे हाे ।
बैंककाे ३०औं वार्षिक साधारण सभाले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश (करप्रयोजनसहति) गरी कुल १०.५५ प्रतिशत लाभांश पारित गरेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, सोही वर्षको लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ ।
त्यसैगरी, सोही सभाले आव २०७९/८० वार्षिक आर्थिक विवरण, २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु पनि पारित गरेको छ ।
साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १०:४७