अन्ततः अवकाशको जानकारी पाएपछि पराजुलीले दिए राजिनामा
१ चैत, काठमाडौँ । न्यायपरिषद्ले अवकाश भएको पत्र दिएपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएका छन । पराजुलीले बिहीबार बिहान राष्ट्रपति कार्यालय शितल निवास पुगेर राजीनामा बुझाएका हुन ।
उमेरहदको विवादमा परेका पराजुलीलाई बुधबार न्याय परिषदले अवकाश भैसकेको पत्र थमाएको थियो । न्याय परिषदसँग आफूलाई बर्खास्त गर्ने अधिकार नभएको भन्दै पद नछोड्ने अडान लिएका पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएर धन्यवाद लिएर फर्किएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १५:०२