१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ४१ हजार कित्ता सेयर बिक्रीमा

१३ पुस, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४१ हजार १३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

 बिक्रीमा राखिएकाे सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

ताेकिएकाे उक्त समयमा साे सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनैपनि आवेदन नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १२:३०