१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

एक लघुवित्तको १५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा

१३ पुस, काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीकाे खातामा नगद लाभांश जम्मा गरेकाे छ । लघुवित्त कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश सम्बन्धित खातामा पठाउन सुरु गरेको हाे ।

लघुवित्तको पुस ६ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीकाे खातामा जम्मा गर्न सुरु गरेको कम्पनीले जानकारी दिएको हो ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ११:०२