८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

सेयर बजारमा झिनो अंकको गिरावट, ४ अर्ब २९ करोडको कारोबार

१२ पुस, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अकंले घटेर २०६८.९० बिन्दुमा बन्द भएको छ । आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी, हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनी, मनकामना इन्जिनियररिङ हाइड्रोपावर, मुक्तिनाथ कृषि कमपनी, नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र सोनापुर मिनिरल्स एण्ड वेल कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे ।

आज धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १५:२०