२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

यस्तो छ हिमालयन रि इन्स्योरेन्सको आईपीओले पाउने ओपनिङ रेञ्ज

१२ पुस, काठमाडाैं। हिमालयन रि-इन्स्योरेन्सको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा निष्काशन गरेकाे आईपीओ पुस ११ गते बाँडफाँड भएकाे हाे ।

यतिखेर सर्वाधिक चर्चा र विवादमा रहेको यस कम्पनीकाे आईपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने चासोको बिषय  बनेको छ । विवादित आईपीओले कति ओपनिङ रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।

यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०३.७ रुपैयाँदेखि अधिकतम ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेञ्ज दिने सम्भावना रहेको छ ।  नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १०३.७ रुपैयाँ छ ।

प्रकाशित मिति : 14:47