८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

नेप्सेमा तीन कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

११ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको मूल्य समायोजन भएकाे छ । बुधबार नेप्सेमा फस्र्ट माइक्रोफाइनान्सको ७.५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६२२ रुपैयाँ ३३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार ६९९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यस्तै, तारागाउँ रिजेन्सीको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८३६ रूपैयाँ ६३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ८७० रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।

साथै, हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७२४ रुपैयाँ ०९ पैसा हुने गरी मूल्य समायोजन गरेको छ । बुधबारको अन्तिम कारोबार मूलय ७९६ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार १६:२४