सोनापुर मिनरल्ससहित आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
११ पुस, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२३ अकंले घटेर २०७०.८४ बिन्दुमा बन्द भएको हो । बुधबार ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपौयाँको कारोबार भएको हो ।
सेयर बजारमा गिरावट आएपनि आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १९ करोड ६६ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ६६ लाख २ हजार रुपैयाँ, सूर्यजयोति लाइफ इन्स्योरेन्सको १६ करोड ७० लाख ८८ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १६ करोड ३७ लाख ६२ हजार रुपैयाँ र नेपाल रिपब्लिक मिडियाको १२ करोड ७४ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार १५:१२












