तीन कम्पनीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए निवेदन
११ पुस, काठमाडाैं। तीन जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । कम्पनीहरूले आईपीओ निष्कासनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
विकास हाइड्रोपावर कम्पनी, रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपालले आईपीओ निष्कासनकाे अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
विकास हाइड्रोपावर कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ। कम्पनीकाे आईपीओ निष्कासन तथा ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। त्यस्तै, रिड्जे लाईन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीकाे आईपीओ निष्कासन तथा ब्रिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
यसैगरी,लाफिङ्ग बुद्ध पावर नेपालले ६५ लाख ७७ हजार कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीकाे आईपीओ निष्कासन तथा ब्रिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रकाशित मिति : 15:00









