१ करोड २५ लाख घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
११ पुस, काठमाडाैं । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्। पराजुलीलाई बुधबार प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको हाे।
मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पराजुलीलाई प्रहरीले पक्राउ गरेको हाे। मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्धक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए।
उनीहरूकाे बयानका आधारमा पराजुलीको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो । पौडेल र अधिकारीलाई सर्वसाधारणले बचत गरेको २६ करोड रूपैयाँ अपचलन आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
प्रकाशित मिति : ११ पुष २०८०, बुधबार १४:५१












