नेप्सेले फुकुवा गर्यो मुक्तिनाथ विकास बैंकको सेयर कारोबार
११ पुस, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कम्पनीकाे सेयर कारोबार बुधबारदेखि फुकुवा गरेको हाे।
कम्पनीले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेश गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो । साथै कम्पनीले आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न कम्पनीलाई निर्देशन दिएको थियो ।
प्रकाशित मिति : ११ पुष २०८०, बुधबार १३:३५












