साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण शुरु
२९ कात्तिक, काठमाडौँ । भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुनर्निर्माणको जिम्मेवारी दिएको बताए । आजको नयाँ पत्रिका दैनिक दैनिकमा खबर छ ।
प्रकाशित मिति : २९ कार्तिक २०७५, बिहीबार ०९:२७












