छुट्ला है ! तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
११ पुस, काठमाडौं । तीन कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज पुस ११ गते, बुधबार अन्तिम दिन रहेकाे छ । हाथवे इन्भेष्टमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र तारागाउँ रिजेन्सी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे। यी तीन कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली पुस १२ गते बुकक्लोज गर्ने भएका छन्।
यसकाे अर्थ आजसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता हुन तथा कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
हाथवेले हाल कामय चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश गरी जम्मा १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोही प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते, बिहीबार लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौँमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे शुरु हुनेछ।
त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे शुरु हुनेछ।
त्यस्तै, तारागाउँ रिजेन्सीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर ११ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। उक्त प्रस्तावसहित कम्पनीले पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २७ औँ साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।
प्रकाशित मिति : ११ पुष २०८०, बुधबार ०९:४४












