२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँड मिति तय, सबैले सेयर पाउने

१० पुस, काठमाडाैं। हिमालयन रि इन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीकाे  आईपीओ बुधबार बिहान १० बजे बाँडफाँड हुने भएकाे हाे ।

कम्पनीको आईपीओको प्री–अलोटमेन्ट भने सम्पन्न भइसकेको छ । कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेकाे थियाे । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १.३ गुणा आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ्गका अनुसार १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार कित्ता सेयरको लागि आवेदन दिएका छन् । यस हिसावले हेर्दा आईपीओ भर्ने सबैले १० कित्ताका दरले सेयर पाउने र केहि आवेदकले २० कित्ताका दरले थप सेयर पाउने भएका छन् ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको थियो ।

प्रकाशित मिति : 16:01