२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट, यस्तो छ प्रतिकित्ता मूल्य

१० पुस, काठमाडाैं ।  सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आईपीओ बिक्री गर्नेछ ।

यसअघि कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर २४ लाख कित्ता सेयर बोलकबोल गरेको थियो । उक्त बोलकबोलमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँड गरिएको थियो । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति : 15:38