७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

तीन दिनदेखि नेतृत्वबिनै चलिरहेछ गंगालाल अस्पताल, कांग्रेसका कारण निमित्त पनि तोकिएन

१० पुस, काठमाडौँ । शहीद गंगालाल हृदयरोग केन्द्र तीन दिनदेखि नेतृत्वबिहीन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असक्षमताका कारण केन्द्रले निमित्त निर्देशक पनि पाउन सकेन । निवर्तमान कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको चार वर्षे कार्यकाल पुस ७ गते सकिएपछि केन्द्रले नयाँ कार्यकारी निर्देशक त परै जाओस्, निमित्त पनि पाउन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलेको असक्षमताका कारण केन्द्र निर्देशक बिहीन बनेको छ । कार्यकारी निर्देशक नहुँदा केन्द्रको प्रशासनिक कामहरू ठप्प बनेको छ । स्वास्थ्य मन्त्रालयको सिफारिसमा केन्द्रको कार्यकारी निर्देशक मन्त्रिपरिषद् बैठकले गर्ने प्रचलन रहेको छ । निमित्तको जिम्मेवारी भने स्वास्थ्य मन्त्रालयले नै दिन सक्ने व्यवस्था रहेको छ । नेपाली कांग्रेसभित्रको अन्तरद्धन्द्धको प्रभाव गंगालाल अस्पतालमा परेको हो ।

कांग्रेसको दुई गुटका चिकित्सकका कारण केन्द्र नै तथालिङ्ग बन्ने डर समेत देखिएको छ । यसअघि नै असक्षम मानिएका डा रवि मल्ल कांग्रेस सभापति पत्नि समेत रहेकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाको कोटामा कार्यकारी निर्देशक बन्ने दौडमा छन । स्वास्थयमन्त्री बस्नेत पनि देउवा निकटनै भएका कारण उनको नियुक्त करिब पक्का जस्तै देखिन्छ तर कांग्रेसकै गगन थापा गुटका डा रामेश कोइरालासहितका चिचित्सक भने मल्ललाइ रोक्न लागिपरेका छन ।

कोइरालाले त राजिनामा दिने धम्की समेत सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिसकेका छन । यद्यपी उनले राजिनामा दिन्छन भन्नेमा अस्पतालकै अन्य चिकित्सकहरू पनि विश्वस्त देखिनन । नेपालमा कम्यनुष्टका बारेमा अफवाह फैलिरहेको समयमा दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री भएका मनमोहन अधिकारीले गंगाल अस्पताल स्थापना गरेका थिए ।

प्रकाशित मिति : १० पुष २०८०, मंगलवार १०:१९