९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बोलायो साधारण सभा

९ पुस, काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सभा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बारमा बस्नेछ ।

सभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने र हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ । यसकाे अर्थ पुस १९ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले मात्रै सभामा सहभागि हुन पाउनेछन्।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १६:५४