२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

६ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दै प्रभु हेलिकप्टर

९ पुस, काठमाडौं । प्रभु हेलिकप्टरले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले ६ करोड ६० लाख रुपैयाँबराबरको ६ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको हो । बिक्री प्रबन्धक नियुक्तिको सम्झौता पत्रमा प्रभु हेलिकप्टरका प्रबन्ध सञ्चालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : 15:22