२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

किसान होल्डिङले आईपीओ निष्कासन गर्ने

९ पुस, काठमाडाैं। किसान होल्डिङ लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारितका लागि  पुस २८ गते वार्षिक साधारणसभामा बाेलाएकाे छ । सभा कामनपा वडा नं १ स्थित हेरिटेज प्लाजामा अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्तिसहितका वित्तीय विवरणलाई समेत पारित गर्नेछ ।

प्रकाशित मिति : 15:04