६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

९ पुस, काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोलबाट हुनेछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ३५ अर्ब रुपैयाँ संकलन गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी पुस ११ गते अपरान्ह २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार १४:४५