प्रिमियममा आईपीओ निष्कासन गर्दै जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट
९ पुस, काठमाडाैं। जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारितका लागि पुस २८ गते दोस्रो वार्षिक साधारणसभामा बाेलाएकाे छ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडाैंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०७९/ ०८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।
प्रकाशित मिति : 11:43









