९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

युनियन पावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

९ पुस, काठमाडाैं। यूनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांस गरी कुल ९ प्रतिशत लाभांश घाेषणा गरेकाे हाे । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बाेलाएकाे छ ।

सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु पारित गरिनेछ ।

वार्षिक साधारण सभा प्रयाेजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार ०९:४७