३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

नेफ्स्कूनको अध्यक्षमा एमाले उम्मेदवार हराउँदै सत्ता गठबन्धनका चन्द्र ढकाल विजयी

९ पुस, काठमाडाैँ । नेपाल बचत तथा ऋण सहकारी संघ ललिटेड (नेफ्स्कून)मा एमाले निकटका उम्मेदवार पराजित गर्दै कांग्रेस निकटका चन्द्रप्रसाद ढकाल विजयी भएका छन । नेकपा एमालेबाट परितोष पाैड्यालको अध्यक्षतामा प्यानल नै बनेको थियो । एमाले नेतृत्वले पाैडेललाई दोहोर्याउने गल्ती गर्दा अध्यक्षसहित कोषाध्यक्ष र लेखा समितिको संयोजक गुमाएको छ ।

३२औं साधरणसभामा भएको नेतृत्व चयनको मतदानबाट सत्ता गठबन्धनको समर्थन प्राप्त गरेका कांग्रेसका चन्द्रप्रसाद ढकाल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष र केही पदाधिकारी गठबन्धनको समर्थन प्राप्त प्यानल विजयी भए पनि बहुमत सदस्यमा नेकपा एमाले निकटकाहरू नै विजयी भएका छन ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी,महासचिवमा घनश्याम अधिकारी,कोषाध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । पदाधिकारीमा विजयी कोषाध्यक्ष थापा बाहेक अधिकारीत्रय नेकपा एमाले निकटका हुन ।

यस्तै महिला सन्चालकमा सिता ढकाल पौडेल, मन्दरा मिश्र ,कमला देबी गिरी, कोशी प्रदेश संचालक-लक्ष्मी सापकोटा मधेस प्रदेश संचालक- शोभा कुमारी राउत र बागमती प्रदेश संचालक- खेम राज सुबेदी, गण्डकी प्रदेश संचालक- गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेश संचालक- ज्ञानु पौड्याल, कर्णाली प्रदेश संचालक-बीर बहादुर भोटे, सुदुर पश्चिम प्रदेश संचालक- दिप्ती शाही, संचालक खुल्ला- नबराज अर्याल, देव कुमार श्रेष्ठ ,सुशीलकुमार बस्न्यात, शालिक राम ढकाल निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा समिति संयोजक इन्द्र राज ज्योति पौडेल, लेखासमिति सदस्य – हेमराज बिष्ट, लेखा समिति सदस्य – दुर्गा तिवारी सन्जेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ९ पुष २०८०, सोमबार ०८:४७