९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

सेयर बजारमा २१.०३ अकंको गिरावट, ७ अर्ब ११ करोडको कारोबार

८ पुस, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०३ अकंले घटेर २०८८.०७ बिन्दुमा बन्द भएको छ । आइतबार ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ज्योती विकास बैंक बोण्ड २०८७, नेपाल रिपब्लिक मिडिया कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन शिवम् सिमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १५:१९