२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

राधी विद्युत कम्पनीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

८ पुस, काठमाडाैं । राधी विद्युत कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० काे मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीमा वितरण हुने छ ।

लाभांश पारित लगायतका एजेण्डा राखेर कम्पनीले आफ्नो साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आ.ब.को वासलात, नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका प्रस्ताव समेत पेश हुनेछन् ।

कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १५ गते बुक क्लोजको मिति समेत तय गरेको छ। यसकाे अर्थ पुस १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा सहभागि हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

प्रकाशित मिति : 10:17