९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

कालिका पावर कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

८ पुस, काठमाडाैं । कालिका पावर कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० काे मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीका लागि वितरण हुनेछ ।

कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा  प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएकाे छ । यसकाे अर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा सहभागि हुन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन्।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १०:०८