१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

रवि लामिछानेमाथि खोया आक्रमण

७ पुस, कास्की। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका चितवन २ का सांसद रवि लामिछानेमाथि कास्कीको पोखरामा खोया आक्रमण भएको छ । शनिबार अमरसिंहचौर भएको सभालाई सम्बोधान गरिरहेको सयमा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने माथि खोया आक्रमण भएको हो ।

प्रहरीले रविलाई खोया आक्रमण गर्ने लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको छ । रानाभाटले खोयो आक्रमण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले रानाभाट माथि कुटपिट गरेका थिए । रानाभाटले ढुंगाले हानेको भन्दै कार्यकर्ताले कुटपिट गरेका हुन । तर प्रहरीले भने मकै खाएर खोया फाल्नेक्रममा अर्कैतिर पुगेको बताएको छ । रविले खोया घरमा सजाएर राख्ने प्रतिक्रिया दिएका छन ।

खोया आक्रमण भएपछि लामिछानेले भने सोही खोया समेतर भाषण गरेका छन ।  यसअघि मध्यपहाडी पुष्पलाल राजमार्गको अभियान बोकेर हिड्ने क्रममा धनकुटाको लेगुवामा नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एमालेकै कार्यकर्ताले मुक्का प्रहार गरेको थिए । यद्यपी मुक्काबाट ओली भने जोगिएका थिए ।

प्रकाशित मिति : ७ पुष २०८०, शनिबार १७:४७