चन्द्रागिरी हिल्सको १ करोड ३८ लाख कित्ता सेयरको लकइन खुल्दै
६ पुस, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको ‘लक इन’ अवधि माघ ८ गते सकिने भएको छ ।
कम्पनीको संथापकतर्फको १ करोड ३५ लाख कित्ता, स्थानीयवासीको ३ लाख ६ हजार ८१९ कित्ता र ६१ हजार ३६४ कित्ता सेयर गरि कुल १ करोड ३८ करोड ३८ लाख ६८ हजार २५० कित्ता सेयरको लक इन अवधि खुल्ने भएको हो । लक इन अवधि खुलेपछि सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १५:३७












