कहिले हुन्छ हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँड ? यस्तो छ तयारी
६ पुस, काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले कम्पनीको आईपीओ अर्को साता बाँडफाँड गर्ने तयारी रहेकाे जनाएकाे छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.२९ गुणा बढी आवेदन हो । याे कम्पनीकाे आईपीओमा आवेदक दिने सबै आवेदकले १० कित्ताका दरले सेयर पाउने भएका छन् ।
कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले २ करोड ४९ लाख कित्ता सेयर खुला गरेकाे थियो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियाे ।
प्रकाशित मिति : 14:15









