२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

नेपाल वेरहाउजिङ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कति छ ओपनिङ रेञ्ज ?

४ पुस, काठमाडाैं । नेपाल वेरहाउजिङ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। बुधबार नेप्सेले कम्पनीको ६८ लाख ७५ कित्ता आईपीओ सूचीकृत गरेको हो।

कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एनडब्लुसिएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि ९३ रुपैयाँ ४ पैसादेखि २७९ रुपैयाँ १२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ। बिहीबार यही रेञ्जमा आधारित रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ।

प्रकाशित मिति : 17:53