२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

नेप्सेमा भिजन लुम्बिनी उर्जाको आइपीओ सूचीकृत, कति छ ओपनिङ रेञ्ज ?

४ पुस, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको १ करोड ९१ लाख २५ हजार कित्ता आइपीओ सूचीकृत भएको हो ।

कम्पनीले वितरण गरेको ३८ लाख २५ हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड ५३ लाख कित्ता गरेर कुल १ करोड ९१ लाख २५ हजार कित्ता आइपीओ बुधबार नेप्सेमा सूचीकृत भएकाे हाे ।

नेप्सेले कम्पनीको ओपनिङ रेञ्ज न्यूनतम १२१ रुपैयाँ ७८ पैसा देखि ३६५ रुपैयाँ ३४ पैसा तोकेको छ । कम्पनीको शेयर बिहिबारबाट कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल भिएलसियुएल रहेको छ ।

प्रकाशित मिति : 17:40