नेप्सेमा एक कम्पनीकाे मूल्य समायोजन
४ पुस, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेमा सोल्टी होटल लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोज भएको हो ।
कम्पनीको अन्तिमा कारोबार मूल्य ५०७ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीकोको मूल्य ४८२ रुपैयाँ ८६ पैसा कायम भएको छ । सोही मूल्यलाई आधार मानेर कम्पनीको बिहीबार कारोबार खुला हुनेछ ।
प्रकाशित मिति : 17:26









